१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्ने पलेशालाई ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा



झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्न सफल पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन् ।

पलेशासँग भएको भेटसहितको तस्वीर बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पलेशालाई दिइने पुरस्कारमा लाग्ने कर छुट समेत दिने बताएका छन् । पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ९ : ११ बजे