१ असार २०८२, आइतबार | Sun Jun 15 2025

सभापति लामिछाने पक्राउविरुद्ध प्रदर्शन जारी राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी प्रदर्शन चर्काउने भएको छ । पोखरा केन्द्रित प्रदर्शनलाई देशव्यापी बनाउने निर्णय उक्त पार्टीले गरेको हो ।

पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा शुक्रबार साँझ पक्राउ परेका थिए । त्यसको विरोधमा पार्टीले प्रदर्शन गर्दै आएको छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबारको अनुमतिसँगै देशव्यापी प्रदर्शन गर्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको हो ।

काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान भइरहेको छ । कानुनी प्रक्रिया चलिरहँदा पार्टीका नेता कार्यकर्ता पोखरा केन्द्रित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट कम्तिमा १०० जना नेता कार्यकर्तालाई उपस्थित हुन सर्कुलर समेत गरेको छ । उनीहरू सबै पोखरा जाँदैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता प्रतिभा रावलले देशभर प्रदर्शन गर्ने निर्णय भएको बताइन् । प्रदर्शनलाई पोखरामा मात्र सीमित नराखी देशव्यापी गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ००:००  ८ : २८ बजे