१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

अलैँची बेचेर पाँच वर्षमा नेपालले कमायो ३२ अर्ब रुपैयाँ



झापा-नेपालले अलैँची बिक्रीबाट पछिल्लो पाँच वर्षमा ३२ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । अलैँची पूर्वीनाका काँकडभिट्टाबाट निर्यात हुने मध्ये सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने कृषिजन्य उत्पादनमा पर्छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले अलैँची बिक्रीबाट १ अर्ब ८९ करोड ७६ लाख ६ हजार विदेशी मुद्रा आर्जन गरिसकेको छ ।

असोज मसान्तसम्म १५ लाख २५ हजार ९६० किलो अलैँची निर्यात भएको कार्यालयले जनाएको हो । नेपालमा उत्पादन भएकोमध्ये ९८ प्रतिशत अलैँची निर्यात हुने गर्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ००:००  ७ : ५९ बजे