५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रेस चौतारी झापाको अधिवेशन माघ २२ मा : सुरु भयो नेतृत्वको चर्चा परिचर्चा



बिर्तामोड-प्रेस चौतारी झापाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । जिल्ला कमिटीको शनिबारको बैठकले दोमुखामा दशौँ जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

माघ २२ गते प्रेस चौतारीको स्थापना दिवस पनि हो । अधिवेशनसहित स्थापना दिवस मनाउने निर्णय प्रेस चौतारीले गरेको हो ।

यसपटक प्रेस चौतारीले नयाँ नेतृत्व छनोट गर्दैछ । अधिवेशनको मिति तोकिएसँगै प्रेस चौतारीको आगामी नेतृत्वका विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने गरी माघ २२ गतेका लागि मिति तय गरिएको बताए ।

बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरेको छ । बैठकले सदस्यता नवीकरणकाे समयसीमा तोक्दै नयाँ सदस्यता खुला गर्ने निर्णय गरेको गदालले बताए ।

प्रेस चौतारीका सदस्यले पुस मसान्तसम्म सदस्यता नवीकरण गराइसक्नु पर्नेछ सचिव प्रकाश पौडेलले बताए । उपाध्यक्ष प्रदीप परियारका अनुसार अध्यक्ष गदालको संयोजकत्वमा नौ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार ००:००  ८ : ०० बजे