झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले पूर्व सभामुख ढुङ्गानाको निधनप्रति गहिरो दुःख प्रकट गरेका हुन् ।
२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख ढुङ्गानाको आइतबार उपचारका क्रममा निधन भएको थियो । उनी कलेजोको रोगबाट पीडित थिए ।
ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली शोकमा रहनुभएका परिवारजनमा गहिरो सम्मवेदना ।’