काठमाडौँ-रोजगार अनुमति प्रणालीमार्फत कोरिया जान लागेका १४ सयभन्दा बढी नेपाली श्रमिक टिकट नपाएपछि रोकिएका छन् । भिसा लागिसकेर उडानको प्रतीक्षामा रहेका उनीहरु दशैँ अघिदेखि उड्न नपाएका हुन् ।
कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उनीहरूलाई टिकट नदिएको हो । सम्झौता नवीकरणको माग राखेर युनिभर्सलले घुमाउरो भाषामा सरकारलाई दबाब दिइरहेको छ ।
सरकारले गरेको सम्झौता अनुसार कोरियन भाषा पास गरेका नेपाली श्रमिकले कोरियन एयरमार्फत कोरिया जानुपर्छ ।