बिर्तामोड- झापा गाउँपालिका २ सुगा बथानको बस्तीमा बाढी पसेपछि ५१ घर परिवार प्रभावित भएका छन् । बस्तीमा अढाई फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलवार साढे ११ बजे माई खोलाको पानी बस्तीमा पसेको हो । अविरल वर्षाका कारण माईमा पानीको वहाव उच्च छ । गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकाको टप्पुमा पनि बाढी पसेको छ ।