जनकपुर-छात्रवृत्तिमा अध्ययन शुल्कको विषयमा विवाद भएपछि जनकपुरका विद्यालय बन्द भएका छन् । संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चित समयका लागि बन्द भएका हुन् ।
हिसान, प्याब्सन र एन प्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेपछि पठनपाठन ठप्प भएको छ ।
संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले कात्तिक १४ मा गरेको निर्णय फिर्ता हुनु पर्ने संगठनहरुको माग छ ।