६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सरकारद्वारा १३ अर्ब ३३ करोड सहुलियतपूर्ण ऋण स्वीकार



काठमाडौँ- सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्ले १३ अर्ब ३३ करोड नेपाली रुपैंयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए ।

बैठकले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ५ : २० बजे