११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मलेसियाको श्रम बजारमा चार लाख नेपाली कार्यरत



झापा-मलेसियामा करिब ४ लाख नेपाली कार्यरत रहेको मलेसिया सरकारले जनाएको छ । त्यसमा १० हजारभन्दा बढी महिला रहेका छन् ।

मलेसिया सरकारले सार्वजनिक गरेको गत सेप्टेम्बर सम्मको विवरणअनुसार मलेसियामा ३ लाख ९९ हजार ६१४ जना नेपाली कार्यरत छन् । तीमध्ये महिलाको सङ्ख्या १० हजार ९५७ छ ।

आप्रवासी कामदारको सङ्ख्या तुलना गर्दा मलेसियामा नेपालीको सङ्ख्या तेस्रो नम्बरमा पर्छ । मलेसियामा सबैभन्दा धेरै बङ्गलादेशी कामदार कार्यरत छन् ।

मलेसिया सरकारका अनुसार ९ लाख ३४ हजार ५४२ जना बंगलादेशी मलेसियामा काम गरिरहेका छन् । दोस्रोमा इन्डोनेसियाली नागरिकको सङ्ख्या उच्च छ ।

मलेसियामा पाँच लाख ९५ हजार ९११ जना इन्डोनेसियाले कार्यरत छन् । न्यूनतम तलब सबैभन्दा बढी भएकाले खाडी मुलुकमा मलेसिया नेपाली श्रमिकको रोजाइमा पर्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार ००:००  ८ : २३ बजे