२ असार २०८२, सोमबार | Tue Jun 17 2025

काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक बढे



काँकडभिट्टा-पूर्वी नाका काँकडभिट्टाबाट सन् २०२४ मा ११ हजार भन्दाबढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विद्यार्थीसहित ११ हजार ७५६ विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सन् २०२३ को तुलनामा नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढेको छ । अघिल्लो वर्ष ५ हजार ३३६ नेपाली विद्यार्थी सहित ८ हजार ४६१ जना नेपाल प्रवेश गरेका थिए ।

कोरोना सङ्क्रमणपछि भारतीय अध्यागमन कार्यालयले काँकडभिट्टा नाकाबाट तेस्रो देशका नागरिकको प्रवेश रोकेको थियो । जसको प्रभावका कारण स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको आगमन ठप्प भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ९ : ०९ बजे