बिर्तामाेड– झापाको अर्जुनधारा-६ का दुई वर्षीय शिवयम मस्कराको गेटले किचेर मृत्यु भएको छ । आमा श्रेया अग्रवालसँग मामा ऋषि अग्रवालको घर गएका उनको खेल्ने क्रममा गेटले किचेर मृत्यु भएको हो ।
घरमा लगाएको फलामको गेट पल्टिएर किचेको थियो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।