बिर्तामोड-आख्यानकार ज्ञानु बुढाथोकीद्वारा लिखित उपन्यास ‘याङरूप’ शुक्रबार बिर्तामोडमा विमोचन गरिएको छ । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रमका बीच उपन्यास विमोचन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी, प्राध्यापक डाक्टर टङ्क न्यौपाने, प्राध्यापक डाक्टर बद्रीशाल पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, तारा विविध लगायतले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् ।
सृजनशील प्रतिभाका धनी बुढाथोकी उपन्यास याङरूपसँगै झापाली साहित्यको क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका हुन् । उनको यो पहिलो कृति हो ।
झापाली साहित्य समाजका अध्यक्ष हरि बरालका अनुसार उपन्यासकार बुढाथोकी कोरोना सङ्क्रमणसँगै क्यान्सर रोगविरुद्ध लड्दै आएका छन् ।


















