ताप्लेजुङ– आगामी भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप आयोजना हुने भएको छ । लाखे जात्राको अवसरमा दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप आयोजना गर्न लागिएको हो।
सदरमुकाम फुङ्लिङमा हुन लागेको प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष देवराज गुरुङले अघिल्लो वर्षभन्दा यसपटक गोल्डकप थप व्यवस्थित हुने बताए ।
प्रतियोगितामा नेपालका नाम चलेका ए डिभिजनका क्लबहरूले समेत सहभागिता जनाउने अपेक्षा गरिएको छ। गुरुका अनुसार यस वर्ष प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि गरिएको छ।
यसअघि गोल्डकपका विजेताले ३ लाख ११ हजार १११ र उपविजेताले १ लाख ११ हजार १११ नगद पुरस्कार प्राप्त गरेका थिए । यस वर्ष यो राशि बढाउन लागिएको हो ।














