१ असार २०८२, आइतबार | Sun Jun 15 2025

१७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने सरकारको तयारी



झापा-सरकारले आगामी माघदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध करिब १७ लाख किशोरीलाई खोप दिने भएको छ । १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिकालाई एचपीभी खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले किशोरीका लागि यो खोप निःशुल्क रुपमा उपलब्ध हुने बताए । विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरेर यो अभियान सञ्चालन गर्न लागिएको हो ।

करिब १५ दिनसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत माध्यमिक तहका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले यो खोप लगाउनेछन् । विद्यालय बाहिरका किशोरीलाई स्वास्थ्य संस्थामार्फत खोप दिने व्यवस्था मिलाइने छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको सबैभन्दा ठूलो खाेप अभियानका रूपमा यसलाई लिइएको डाक्टर गौतमले बताए । फोनका अनुसार यसलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने सरकारी तयारी पनि छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  ११ : ४९ बजे