१ असार २०८२, आइतबार | Sun Jun 15 2025

जटिल रोग लागेका ५ सय बिरामीलाई कोशी प्रदेश सरकारले दियो ५ करोड



झापा– कडा रोग लागेका ५ सय बिरामीले कोशी प्रदेश सरकारबाट आर्थिक सहायता प्राप्त गरेका छन् । आर्थिक सहायताका लागि २०८०-८१ मा २ हजार ७ सय जना बिरामीले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

निवेदन दिएकामध्ये जटिल रोग लागेका ५ सय जना बिरामीलाई प्रदेश सरकारले ५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाले बताए ।

जटिल रोगका ती बिरामीलाई १ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो । बजेट अभावका कारण अझै २ हजार २ सय बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउन बाँकी छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ८ : २४ बजे