९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

इलामको फाल्गुनन्द सुकीलुम्बा विमानस्थलबाट उडान सुरु हुँदै



इलाम– इलामको फाल्गुनन्द सुकीलुम्बा विमानस्थलमा बिहीबारदेखि उडान हुने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण तीन महिनादेखि विमानस्थल बन्द थियो ।

प्रत्येक साताको बिहीबार सुकीलुम्बाबाट उडान हुने विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । यसअघि आइतबार र बिहीबार उडान हुँदै आएको थियो ।

अब भने साताको एक दिन मात्रै नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । गत जेठ १७ गते इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ७ : ३२ बजे