१ असार २०८२, आइतबार | Sun Jun 15 2025

अराजकताका विरुद्ध प्रदेश सरकार कठोर छ : मुख्यमन्त्री कार्की



दमक-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको विकास र समृद्धिको चाहनामा अवरोध गर्ने जो कोहीलाई कानुनी कठघरामा उभ्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने दृढता व्यक्त गर्दै नयाँ पुराना जुनसुकै पार्टीका नेता कार्यकर्तालाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कुनै पनि बहानामा ठगी र अपराध गर्नेलाई कानुनी दायरा बाहिर हुन नदिने बताए । कुनै दल विशेषको नेता कार्यकर्ता हुँदैमा कानुनी कारबाहीबाट उन्मुक्ति पाउनुपर्छ भन्ने मान्यता नराख्न मुख्यमन्त्री कार्कीले सरोकारवाला सबैलाई खबरदारी पनि गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ८ : ०९ बजे