६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

माछा मार्दा मार्दै डुबेर मृत्यु



गौरीगञ्ज-झापाको शिवसताक्षी-४ का चुन्दे मुर्मुको डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो गौरीगञ्ज १ टुनु बस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा मुर्मु डुबेका थिए ।

डुबेर घाइते भएका ४० वर्षीय मुर्मुलाई तत्काल उपचारका लागि नगर अस्पताल शिवगञ्जमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बिर्तामोड लगिएको थियो ।

बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा साँझ मुर्मुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ००:००  ८ : ०६ बजे