८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिर्तामोडमा फलामे चेन गेटले किचेर बालकको मृत्यु



बिर्तामोड-फलामको चेन गेटले किचेर झापाको बिर्तामोड-१ मा सोमबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका-८ घर भई बिर्तामोडमा डेरा गरी बस्दै आएका राजकुमार राईका तीन वर्षीय छोरा दिवाहाङ राई छन् ।

दिवाहाङलाई मङ्सिर १३ गते खेल्ने क्रममा फलामको गेटले किचेको थियो । बिर्तामोड-१ बुद्धचोकस्थित रामकुमार आचार्यको घरमा राई परिवार डेरामा बस्दै आएको छ ।

गेटले किचेर घाइते भएका राईको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ००:००  ८ : २५ बजे