६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा प्रधानमन्त्रीको चासो



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।

मन्त्रिपरिषद्को पहिलो निर्णयअनुसार प्रधानमन्त्री ओलीले बिहिबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशर जंग बराल, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदारप्रसाद रिजाल सहभागी थिए ।

असार ३१ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । यो कामका लागि तीन सय दिनको समय सीमा तोकिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  ९ : ५५ बजे