काठमाडौँ-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन् । आदिवासी जनजाति फाँटका सह इन्चार्ज चेपाङ समाजवादी पार्टीको औचित्य समाप्त भएको जनाउँदै सोमबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहँदा चेपाङ च्यासल पुगेका थिए । चेपाङलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले स्वागत गरेका छन् । मकवानपुर स्थायी घर भएका चेपाङ संविधानसभाका सदस्य पनि हुन् ।
चेपाङलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतका नेताले स्वागत गरेका छन् ।