झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्यका लागि प्रयास गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देलले सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
दुईवटा पार्टी मिलेर अघि बढे संसदमा ठूलो राजनीतिक शक्ति बन्नेतर्फ सञ्चारकर्मीले ध्यानाकर्षण गराएपछि जवाफमा अध्यक्ष लिङ्देनले त्यसका लागि प्रयत्न गर्ने प्रतिक्रिया दिए ।