८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

मेची भन्सारद्वारा एक दशकमा ६६ करोडको सामान बरामद



काँकडभिट्टा-मेची भन्सार कार्यालय काँकडभिट्टाले एक दशकमा ६६ करोडभन्दा बढीको चोरी पैठारीका सामान बरामद गरेको छ । भन्सार छलेर नेपाल भित्र्याइएका सामान बरामद गरिएको हो ।

मेची भन्सारले एक दशकको यो अवधिमा अवैध रूपमा निर्यात गर्न खोजिएका मालवस्तुसमेत बरामद गरेको छ । आर्थिक वर्ष ७१-७२ देखि गत आर्थिक वर्षसम्म ६६ करोड १३ लाख मूल्य बराबरको मालवस्तु बरामद भएको हो ।

मेची भन्सार कार्यालयका नायब सुब्बा किशोर आचार्यका अनुसार चोरी निकासी र पैठारी भएका मालवस्तुसँग सम्बन्धित ५ हजार १८३ वटा मुद्दा भन्सार कार्यालयमा दर्ता छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ८ : ४६ बजे