२ असार २०८२, सोमबार | Tue Jun 17 2025

झापा गाउँपालिकामा वृद्धाको हत्या : मारेर फालिएको अवस्थामा भेटियो शव



बिर्तामोड-झापा गाउँपालिकाको वडा नम्बर ६ मा एकजना वृद्धाको हत्या भएको छ । मारेर घाँस खाने डुँडमा फालिएको अवस्थामा ८१ वर्षीया फुलमनि सोरेनको शव भेटिएको हो ।

दिउँसोदेखि उनी हराइरहेकी थिइन् । आफन्तले खोजी गर्ने क्रममा डुँडमा परालले छोपिएको अवस्थामा सोरेनको शव फेला परेको वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।

घटनास्थलमा एउटा फरुवा पनि फेला परेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार ००:००  ८ : ५१ बजे