बिर्तामोड-झापाको मेचीनगरमा हात्भेती मृत भेटिएको सम्बन्धमा अनुसन्धान गर्न कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउने भएको छ ।
डिभिजन वन कार्यालयको अनुरोधमा आरक्षबाट विशेषज्ञको टोली आउन लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको मेचीनगर ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा बिहीबार बिहान ९-१० वर्षको एउटा जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको थियो ।
हात्ती मृत भेटिएपछि डिभिजन वन कार्यालय भद्रपुर र मेची सब डिभिजन कार्यालय धाइजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मा सहितकाे टाेली घटनास्थल पुगेको छ ।


















