२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

एमालेभित्र डेमोक्रेसीका नाममा गुटबन्दी स्वीकार्य छैन : ओली



झापा– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेमोक्रेसीका नाममा हुने गुटबन्दीले पार्टीहरू समाप्त हुने बताएका छन् ।

पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताए । उनले एमाले विभाजन हुनुको एउटा मुख्य कारकका रूपमा गुटबन्दीलाई अर्थ्याएका छन् ।

‘एमालेमा गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य छैन’, अध्यक्ष ओलीले भने, ‘कतिपयले उचाल्न सक्छन् । त्यसलाई अस्वस्थ शैलीका रुपमा लिएर अस्वीकार गर्नुपर्छ ।’

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार ००:००  ४ : ४९ बजे