२ असार २०८२, सोमबार | Tue Jun 17 2025

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाको ब्रिफिङ लिँदै



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ ।

हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लाग्नु भएको हो ।

राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् ।

यसैबीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटारस्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउनु हुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ००:००  १० : ४१ बजे