मोरङ कोशी प्रदेश सरकारका पूर्वमन्त्री लीला बल्लभ अधिकारीलाई काठमाडौँ लगिएको छ । अधिकारीलाई आज बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो ।
कोशी प्रदेशका डीआइजी चन्द्रकुबेर खापुङले पूर्व मन्त्री अधिकारीलाई पक्राउ गरी काठमाडौं लगिएको बताए ।मन्त्रीपरिषदबाट भ्रमण स्वीकृत नगरी जापान गएका मन्त्री अधिकारीमाथि मानव तस्करी गरेको आरोप लागेको छ ।
आरोप लगत्तै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिवार नेकपा एमाले प्रदेश कमिटीले उनलाई पार्टीको संगठित सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । आफूलाई फसाइएको दावी गर्दै आएका पूर्व मन्त्री अधिकारीले छानविनमा सघाउने बताएका छन् ।