८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

स्वदेश फर्किएर उद्यम गरिरहेका युवालाई पुरस्कृत गर्ने निर्णय



झापा-सरकारले वैदेशिक रोजगारबाट स्वदेश फर्किएर उद्यम व्यवसाय गरेका युवालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कृत गर्ने तयारी गरेको हो ।

मन्त्रालयले उक्त प्रयोजनका लागि आवेदन समेत माग गरेको छ । स्वदेशमा फर्किएर उद्यम गरिरहेका युवासँग सम्मान तथा पुरस्कार प्रयोजनका लागि आवेदन मागिएको हो ।

राष्ट्रिय उत्पादनमा योगदान गरेका र रोजगारीको अवसर सिर्जना गरेका युवाले माघ ७ गतेभित्र पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ६ : १५ बजे