अर्जुनधारा-झापाको अर्जुनधारा ४ दहीझोडाबाट प्रहरीले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङदम्बे मङ्गलबारराति पक्राउ परेका हुन् ।
अवैध हतियार लुकाएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आङदम्बेलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आङदम्बेको घर परिसरबाट कटुवा पेस्तोल बरामद गरेको हो । प्लास्टिकमा पोको पारेर कुखुराको खोरमा लुकाएको अवस्थामा कटुवा पेस्तोल फेला परेको डीएसपी चन्दले बताए ।














