१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङे पक्राउ



झापा-सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मंगलबार बिहान काठमाडौँको सानो भञ्ज्याङबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी दीपक थापाका अनुसार मनाङे कन्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।

गण्डकी प्रदेश सभाका सदस्य रहेका मनाङेलाई सर्वोच्च अदालतले कार्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ११ : ५२ बजे