विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले दोस्रोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
नेकपा एमाले र नेपाली कांग्रेस बीचको सत्ता साझेदारीमा केन्द्र सरकार गठन भएपछि प्रादेशिक तहमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो।
सत्ता राजनीतिमा आएको फेरबदलसँगै अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस पनि सहभागी भइसकेको छ ।
नेपाली कांग्रेस सरकारमा सहभागी भए लगत्तै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेका मात्रै ४० सांसद छन् ।














