दमक- नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय भेला दमकमा सम्पन्न भएको छ । सयदिने बिशेष सागठनिक अभियान अन्तरगत आयोजित भेला नेपाली काङ्ग्रेस कोशी प्रदेश समिति सभापति उद्वन्ब थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कोशी प्रदेश समितिको आयोजनामा पौष २४ गतेदेखि कचनकबल सगरमाथा जागरण अभियान प्रारम्भ हुने बताउनुभयो ।
सभापति थापाले सबैभन्दा होचो भूभाग केचना र सबैभन्दा अग्लो भूभाग सगरमाथा जागरण अभियानका क्रममा पार्टीको सांगठनिक अवस्था, प्रजातन्त्र सेनानी र तिनका परिवारको अवस्थाबारे अध्ययन गरिने जानकारी दिनुभयो ।
५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि एवम् काङ्ग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, कोशी प्रदेश संगठन बिभाग प्रमुख मदन सङ्ग्रौला, झापाका सभापति देउकुमार थेबे, उपसभापतिद्वय शेरबहादुर भट्टराई र केशबराज पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।