२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रेस क्लब भद्रपुरको स्वागत सम्मान



भद्रपुर-प्रेस क्लव भद्रपुरले नेपाल पत्रकार महासंघ झापा र कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरेको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा झापाका नवनिर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरिएको हो ।

प्रेस क्लवका अध्यक्ष राजबाबु शङ्करको अध्यक्षतामा आयोजित स्वागत सम्मान कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्ष मनोज सुब्बा अग्रज पत्रकार गोविन्द चन्द क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासङ्घ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रतिबद्धता मन्तव्य राख्दै पछिल्लो समय पत्रकारी क्षेत्रमा देखिएका चुनौति सामनाका लागि सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

क्लबका पूर्व अध्यक्ष गोपाल गिरीले सहजीकरण गरेको कार्यक्रममा पत्रकार रोहित काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

स्वागत सम्मान कार्यक्रममा महासङ्घका अध्यक्ष गिरीसहित कोशी प्रदेश सदस्य राजकुमार ओली, नेपाल पत्रकार महासङ्घ झापा शाखाका नवनिर्वाचित उपाध्यक्ष सुब्रत न्यौपाने, महिला उपाध्यक्ष विनिशा शर्मा, सचिव राजु पाठक र प्रदिप परियार, सहसचिव द्वय रमेश तिवारी र तिलक तामाङ, कोषाध्यक्ष मुक्ति पौडेल लगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार ००:००  ९ : ३४ बजे