६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

दुई महिनामा नेपालको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४५ करोड



झापा-लगातारको आयातले नेपालको व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा व्यहाेरेकाे छ ।‌

सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको भन्सार विभागले जनाएको हो । नेपालका लागि चाहिने अधिकांश सामग्री भारतबाट आयात हुने गर्छन् । विभागका अनुसार चीनसँग ५१ अर्ब ८० करोड ३९ लाख व्यापार घाटा छ ।

युद्धग्रस्त मुलुक युक्रेनसँग ४ अर्ब ७१ करोड ८ लाख ५६ हजार व्यापार घाटा रहेको विभागले जनाएको छ । पहिलो दुई महिनामा नेपालले १२३ वटा मुलुकसँग व्यापार गरेको छ । तीमध्ये २२ वटा देशसँग मात्रै व्यापार नाफा छ ।

विभागका अनुसार दुई महिनामा भारतबाट १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने निराशाजनक छ । यो अवधिमा १६ अर्ब रुपैयाँको निर्यात व्यापार भारतसँग भएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  ११ : ५६ बजे