चितवन-बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर पीडित बालबालिकाको उपचार निःशुल्क गर्न सुरु गरेको छ । अस्पतालले क्यान्सर पीडित बालबालिकाको सबै प्रकारको उपचार सेवा निःशुल्क प्रारम्भ गरेको हो ।
यसअघि शैया, खाना, रेडियोथेरापी निःशुल्क हुँदै आएकोमा अब केमाे लगायत आवश्यक औषधि पनि निःशुल्क वितरण गर्न थालिएको छ ।


















