३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

छठ पूजामा केराको माग बढ्यो



बिर्तामोड-छठ पर्वको अवसरमा केराको व्यापार बढेको छ । व्रतालुले धमाधम बजारबाट केरा खरिद गरिरहेका हुन् । बिर्तामोडको कृषि थोक बजारबाट केराको घरी बिक्री भइरहेको बजार व्यवस्थापन समितिले जनाएको छ ।

कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीका अनुसार दैनिक १५०० घरी केरा बिक्री भइरहेको छ । प्रतिघरी ३५० देखि ९०० सम्म केरा बिक्री भएको उनले बताइन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष केराको माग बढेको बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार कृषि थोक बजारबाट छठ पूजाका लागि व्रतालुले ३७ लाख भन्दा बढीको केरा किनेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ८ : ३२ बजे