३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

परालको आगोमा सुहाना थापा अनुबन्धित



झापा-परालको आगो कथामा फिल्म निर्माण हुने भएको छ । फिल्म निर्माता कम्पनी हरि ओम सिने मेकर्सले उक्त कथामा फिल्म बनाउन लागेको हो ।

परालको आगो कथा कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा संग्रह नासोमा संग्रहित छ । फिल्ममा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् ।

निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा सुहाना गौथलीको भूमिकामा देखिने छिन् ।

फिल्म परालको आगोलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । २०८२ को दशैँमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्म सुशील देवकोटाको लेखन छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  ८ : ०२ बजे