१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने सरकारको तयारी



बिर्तामोड-सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रम परिमार्जनको आवश्यकता औँल्याएको हाे ।

विद्यालय तहको पाठ्यक्रमलाई व्यवहारिक बनाउन मन्त्रालयले तयारी थालेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । उनका अनुसार आधारभूत तहदेखि नै पाठ्यक्रम परिमार्जन गर्ने तयारी भएको हो ।

शिक्षा पत्रकार समूहको २५ औँ वार्षिक उत्सवको अवसरमा उनले यस्तो जानकारी दिएकी हुन् । पाठ्यक्रम परिमार्जनका विषयमा असोज दोस्रो साता छलफल आयोजना गरिएको छ ।

विद्यालय तहको शिक्षाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने जनाउँदै मन्त्री भट्टराईले स्थानीय तहको अधिकार सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताइन् ।

संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक कोष बनाएर विद्यालय तह निःशुल्क बनाउन सकिन्छ भन्ने मन्त्री भट्टराईको अवधारणा छ । ‘काेष कार्यान्वयनका लागि स्थानीय तहलाई दिएपछि विद्यालय शिक्षा निःशुल्क बनाउन सकिन्छ’, मन्त्री भट्टराईले भनिन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार ००:००  ८ : ४८ बजे