झापा-सरकारले ओमान र स्पेनसँग दुईपक्षीय श्रम सम्झौता गर्ने तयारी गरेको छ । नयाँ श्रम गन्तव्य खोजिरहेको सरकारले नेपाली कामदारका लागि ती दुई मुलुकसँग श्रम सम्झौताको तयारी गरिरहेको हो ।
नेपालमा उच्चस्तरीय छलफल गरेर प्रारम्भिक सहमति भएपछि त्यसलाई ओमान पठाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल र स्पेनबीच हुने श्रम समझदारीका विषयमा समेत पत्र आदानप्रदान गरी यसलाई अन्तिम रूप दिन लागिएको छ । श्रम मन्त्रालयका सूचना अधिकारी कविराज उप्रेतीले ओमान र स्पेनसँग दुईपक्षीय श्रम सम्झौताको तयारी भइरहेको बताए ।
मन्त्रालयले मलेसिया, कतार र दक्षिण कोरियासँगको दुई पक्षीय श्रम सम्झौता नवीकरण समेत गरिसकेको छ ।