११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

काँकडभिटा नाकाबाट फलफूल आयातमा १५ प्रतिशतले कमी



काँकडभिट्टा-भारतबाट फलफूल तथा जुसको आयातमा १५ प्रतिशतले कमी आएको छ । काँकडभिट्टा नाकाको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको चार महिनामा काँकडभिट्टा नाका भएर १२ करोड २५ लाख ४१ हजार बराबरको फलफूल तथा जुस आयात भएको थियो । काँकडभिट्टा नाकाबाट स्याउ, केरा, सुन्तला, आँप लगायतका फलफूल आयात हुने गर्छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार चालु आर्थिक वर्षको चार महिनामा १० करोड ३६ लाख ७४ हजार रूपैयाँको फलफूल तथा जुस आयात भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ८ : ५८ बजे