२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

टिकटकमाथिको प्रतिबन्ध फुकुवा



काठमाडौँ-सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले केही सर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाइएको बताए ।

सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार ००:००  ९ : ०८ बजे