१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने कोशी प्रदेश सरकारको तयारी



मोरङ– कोशी प्रदेश सरकारले सडकहरूको प्राथमिकीकरण गर्दै प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने तयारी गरेको छ । सडकको वर्गीकरण गरी त्यसका आधारमा सञ्जाल बनाउने तयारी थालिएको कोशी प्रदेश सरकारले जनाएको हो।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संग्रह प्रदेश सरकारको आन्तरिक स्रोत खुम्चदै गएको अवस्थामा सीमित स्रोत साधनलाई मध्यनजर गर्दै सडक सञ्जालको गुरुयोजना बनाउने तयारी भइरहेको बताए ।

कोशीमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडकसहित चार भागमा वर्गीकरण गरेर करिब ६००० किलोमिटरको सडक सञ्जालको गुरुयोजना बनाउन लागिएको हो ।

आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सडक बनाउन प्राथमिकता दिने बढ्दो परिपाटीको अन्त्यका लागि समेत गुरु योजनाले सघाउने मुख्यमन्त्री कार्कीको विश्वास छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साह ६ हजार किलोमिटर सडकको प्राथमिकीकरण गरी त्यसका आधारमा गुरु योजना बनाउन लागिएको बताउँछन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार ००:००  ७ : ३५ बजे