१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

चारआलीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआली पूर्व तेलीबारीमा आज दिउँसो भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका-१० घर भएका ५५ वर्षीय किसन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश ०१-००६ ख ४९०९ नम्बरको बस र मे १० पद ३५ ७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

घटनापछि प्रहरीले बस चालक उदयपुर चौदण्डी नगरपालिका ६ बस्ने ४२ वर्षीय विजयकुमार यादवलाई नियन्त्रणमा लिएको छ । उनी धुलाबारी प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  ५ : ४८ बजे