१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बुद्धशान्ति गाउँपालिकाको मंगलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना



बुद्धशान्ति– झापाको बुद्धशान्ति गाउँपालिका-४ मंगलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । स्थानीयको माग बमोजिम उक्त क्षेत्रमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो ।

प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले आइतबार उक्त प्रहरी पोस्टको उद्घाटन गरेका छन् । स्थानीयको शान्ति सुरक्षाका लागि प्रहरी पोस्ट आवश्यक भएको कार्यक्रममा शर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबारेकाे उक्त पोस्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा चारजना रहने गरी जनशक्ति व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, झापाका प्रहरी प्रमुख मिलन केसी, बुद्ध शान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ००:००  ७ : ५५ बजे