१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

कोशी प्रदेशमा विद्युत् चार्जिङ स्टेसन बनाउन तीन करोड



झापा-कोशी प्रदेश सरकारले विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गर्ने गरी प्रदेश सरकारले चार्जिङ स्टेसन बनाउन लागेको हो ।

पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउँदै लैजानु पर्नेमा प्रदेश सरकारको जोड छ ।

आगामी आर्थिक वर्षमा प्रदेशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने गरी प्रदेश सरकारले तीन करोड रूपैयाँ बजेट विनियोजन पनि गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ९ : ०५ बजे