झापा-सरकारले उखुको समर्थन मूल्यमा वृद्धि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अब उखु किसानले समर्थन मूल्यमा थप २० रुपैयाँ प्राप्त गर्नेछन् । उखु मिलले किसानलाई प्रति क्विन्टल २० रुपैयाँ थपेर उपलब्ध गराउनुपर्नेछ ।
सरकारको निर्णयअनुसार अब किसानले प्रति क्विन्टल झण्डै ५८५ रुपैयाँ उखु मिलबाट प्राप्त गर्नेछन् । उखु किसानलाई अनुदान बापतको रकमका विषयमा भने सरकारले निर्णय गर्न बाँकी छ ।