बिर्तामोड- झापाको कमल गाउँपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा शनिवार दिउँसो भएको दुर्घटनामा एक जना अटो चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक ९ घर भएका ५० वर्षीय कमल गुरागाईँ रहेका छन् । बीएण्डसी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश १-०२-००१ ख ९७०६ नम्वरको यात्रुबाहक बसले प्रदेश १-०१-०२ ह ९०१ नम्वरको सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।