८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक पक्राउ



बिर्तामोड- मेडिकल व्यवसायी दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा बलका झापा जिल्ला संयोजक भीम तुम्बापोलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार मध्यान्ह शिवसताक्षी–१ स्थित धरमपुर बजारबाट उनी पक्राउ परेका हुन् ।

नागरिक प्रतिरक्षा बलका झापा जिल्ला संयोजक तुम्बापोलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । झिलझिले प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको डीएसपी प्रकाश विष्टले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  ५ : ०१ बजे